रौतहटमा समाजवादी पार्टीको विसू अभियान सम्पन्न
सत्येन्द प्रताप सिंह,रौतहट १० फाल्गुन।
रौतहट जिल्लाको बौधी माई नगरपालिका अन्तर्गत बंकूलको ओम विवाह भवनमा समाजवादी पार्टीको पार्टी विस्तार तथा सुदृढीकरण अभियान कार्यक्रम सम्पन्न भएको छ ।
पार्टी लाई अझ सुदृढ गर्न ऊदेश्य ले यो कार्यक्रम यस पार्टीको केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले केन्द्रिय समिति बाट माघ महिनाको १०गते ल्याउनू भएको पार्टीको रौतहट जिल्ला अध्यक्ष एवम् देवाही गोनाही नगरपालिका को प्रमुख धर्मेन्द्र पटेलले बताऊनू भयो ।

आफ्नो मन्तब्य राख्दै वहाँ ले रौतहट जिल्लाको पार्टी को भविष्य तथा गतिविधि को वारेमा विशेष चर्चा गर्नू भयको थियो ।
त्सतै बौधीमाई नगरपालिका को प्रमुख राजिव रन्जन यादव ले यो पार्टी विस्तार तथा सुदृढीकरण अभियान कार्यक्रम लाई सफल बनाउन प्रत्येक स्थानीय तहमा पार्टी कार्यालय सन्चालनमा ल्याउन कुरा मा जोड दिनुभयो ।
सेवा ग्राही लाई शूलभ ढॅग ले सेवा प्रदान गर्ने स्थानीय निकाय सहीत जिल्लाको सदरमुकाम गौर का केही कार्यालय हरूमा प्रती दीन सेवा ग्राही हरू ठगिएका छन् । सेवा ग्राही को सेवा सुबिधा का लागि जिल्ला तथा प्रत्येक पालीका हरूमा पार्टी कार्यालय लाई सन्चालन गरी सेवा प्रदान गर्ने ऊदेश्य ले पार्टी का कार्यकर्ता लाई अनिबार्य रुपमा राख्नु पर्यो कुरामा जोड दिनुभयो ।
पार्टी को विस्तार तथा सुदृढीकरण अभियान कार्यक्रम रौतहट क्षेत्र नं दुई को संयोजक तथा प्रदेश सभा सदस्य किशोरी यादव को प्रमुख आतिथ्य मा सम्पन्न भएको सो कार्यक्रममा यूवा नेता लखीन्द्र यादवले ऊद्धघोषन गरेको थियो ।
कार्यक्रममा पूर्व सभासद तथा केन्द्रिय सदस्य बबन सिंह ले नेकपा तथा नेपाली कांग्रेस माथि ठूलै मधेस विरोधी को आरोप लगाएका छन् ।नेकपा ले बैलेट होईन बुलेटमा विश्वास राख्ने सतामा पुगेकाले होशियार भयर काम गर्न सुझाव दिएका छन् ।
स्थानीय नगरपालिका को पार्टी को नगर अध्यक्ष हिर्दयनारायन यादव को अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा दर्जनौं नेता मध्ये पार्टी को प्रदेश सदस्य तथा रौतहट जिल्ला संयोजक वृज यादव, रौतहट जिल्लाको पूर्व उपाध्यक्ष श्याम बिहारी यादव, जिल्ला सदस्य जयराम महतो, प्रदेश सदस्य तथा बेटी पढाऔ बेटी बचाउ को रौतहट जिल्ला संयोजक शोभा देवी साह, केन्द्रिय सदस्य बिश्वनाथ पटेल, लगाएत का व्यक्ति हरू पार्टी लाई अझ सुदृढ गर्न तथा विस्तार हुन सक्ने कुरामा आ आफ्नो विचार राख्नु भएको थियो ।
चैत्र मसान्तसम्म सबै ठाउँमा सक्ने यो आजको कार्यक्रममा सैकडो नेता तथा कार्यकर्ता हरूको उपस्थिती थियो ।
