रौतहट घटना प्रति पर्सा जिल्ला बिद्यार्थी बरिष्ठ उपाध्यक्षले जनाए आपत्ति


रंजित चौरसिया, वीरगंज २८ चैत। रौतहटस्थित  लकडाउनको अवधिमा मस्जिदमा भीडभाड नगर्न अनुरोध गर्न गएका एकजना नेपाल प्रहरीका असई मुनमुन सिंह माथि युवाहरुले हातपात गरेकोमा समाजवादी विद्यार्थी युनियनका जिल्ला  उपाध्यक्ष कृष्णा चौरसियाले निन्दा गरेका छन। कुनै धर्म होस् हिन्दु मुस्लिम सबैले लकडाउनको पालन गर्नु पर्छ।

कोरोना (Covid-19) भाइरसका कारण विश्वभर फैलिएको महामारी बाट टाढा रहन र यस महाबारीबाट बाच्नको लागि सरकारले लकडाउनको पालना गर्न र एक आपसभन्दा टाढा रहने समेत आग्रह गरेका थिए। साथै मस्जिद,मठ, चर्च लागाएत सार्वजनिक ठाउमा भेला हुन समेत सरकारले आग्रह गरेका थिए। तर यस्तो समयमा पनि बिहीवार साँझ रौतहटको परोहा नगरपालिका अन्तरगत तेजापाकडमा स्थानीयले पर्वको अवसरमा एकै ठाँउमा सैयौँको संख्यामा जम्मा भइ  मस्जिदमा भिड लगाएका थिए।

मस्जिदमा उक्त भिड लागेको जानकारी पाएर भीडभाड नगर्न सम्झाउन गएका मुनमुन सिंह असई माथि हातपात भएको हो ।  नेपाल प्रहरीका असईमाथि हातपात भएकोमा समाजवादी विद्यार्थी युनियनका जिल्ला  उपाध्यक्ष कृष्णा चौरसियाले निन्दा गरेका छन। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस को संक्रमण नियन्त्रण गर्न सरकारले अगामी वैशाख ३ गते सम्मको लागि लकडाउनको घोषणा गरेको छ । 


विशेष सूचनाको आधारमा प्रहरीचौकी लौकाहाका असई मुनमुन सिंह सो स्थान  गएर त्यसो नगर्न एकठाँउमा ठूलो संख्यामा मानिस जम्मा नहुन आग्रह गएका थिए । असई सिंहले लकडाउन उल्लंघन नगर्न भीडले कोरोनाभाइरसको संक्रमण बढ्नसक्ने कुरो सम्झाई रहँदा केही युवाहरुले उनीमाथि हातपात गरेका थिए । असईमाथी हातपात गर्ने उक्त ब्यक्तिलाई छिटो भन्दा छिटो करवाही गर्न समाजवादी बिद्यार्थी युनियनको जिल्ला उपाध्यक्ष कृष्णा चौरसियाले आग्रह गरेका छन।

Like
Like Love Haha Wow Sad Angry

One thought on “रौतहट घटना प्रति पर्सा जिल्ला बिद्यार्थी बरिष्ठ उपाध्यक्षले जनाए आपत्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *