लिदीका पहिरो पिडीतलाई ठोरीबाट आर्थिक सहयोग

मेघराज राय,पर्सा २० भदौ। सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीका पहिरो पीडितहरुलाई ठोरीबाट गएको एक टोलिले राहत रकम हस्तान्तरण गरेर पिडामा मलहम लगाएको छ । शुक्रवार अबेर राहत रकम लिएर पुगेको टोलिले शनिवार बिहान पहिरो पीडितहरु बसिरहेको अस्थायी आवास क्षेत्र जुगल गाउँपालिका वडा नं.१ का बाँसखर्क पुगेर पीडितहरुलाई नै राहत रकम हस्तान्तरण गरेको हो।

ठोरी गापा ४ मा गत भदौ २ गते लिदी पहिरो पीडितहरुलाई सहयोग गर्ने उद्देश्यले गठन भएको राहत संकलन समितिका प्रतिनिधिहरु सहभागी टोलिले रु ६ लाख ४३ हजार रकम पीडितहरुलाई हस्तान्तरण गरेको टोलिमा सहभागी नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति पर्साका अध्यक्ष ङेमा लामा पाख्रीनले जानकारी दिए। उनका अनुसार पुर्ण घर क्षति भएका र आफन्त समेत पहिरोमा गुमाएका १० घरधुरीलाई जनही रु ३० हजारका दरले, घरमात्र क्षति भएर विस्थापन भएका १८ घरधुरीलाई जनही रु १८ हजार ५ सयका दरले र एक जना घाइतेलाई रु १० हजार राहत रकम प्रदान गरिएको छ।

जुगल गापा –२ को लिदीमा वितेको श्रावण ३० गते गएको पहिरोमा परेर ज्यान गुमाएका, घाइते र विस्थापन भएका परिवारका लागि राहत रकम संकलन गर्न गठन भएको समितिले गत बुधवार रु ६ लाख ३४ हजार ५८८ रकम संकलन गरेको एक सार्वजनिक कार्यक्रममार्फत जानकारी गराएको थियो ।  
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति पर्सा अध्यक्ष पाख्रीन सहित राहत संकलन समिति संयोजक शिक्षक दल बहादुर स्याङ्बो, श्री मावि विजयवस्तीका प्रधानाध्यापक नारायण लामा, नेपाल तामाङ घेदुङ ठोरी गापा अध्यक्ष धन बहादुर थिङ, युवा बृजलाल पाख्रीन र जीत बहादुर पाख्रीनको सहभागिता छ । जुगल गापा –२ मा श्रावणको अन्त्यतिर गएको पहिरोमा परेर ३९ जनाले ज्यान गुमाएका थिए भने २ दर्जन भन्दा धेरै घरमा क्षति पुर्याएको थियो।

Like
Like Love Haha Wow Sad Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *