वडा अध्यक्ष प्रधुमन सेढाईद्वारा विपन्न परिवारहरूलाई राहत वितरण

वीरगंज २४ चैत। वीरगंज महानगरपालिका वडा न. ११ मा आज वडा अध्यक्ष प्रधुमन सेढाईले विपन्न परिवारहरूलाई राहत वितरण गर्नुभएको छ ।

विश्वभरी फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लकडाउन गरेपछि प्रभावित भएका दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गरीरहेका ४ सय घर परिवारहरूलाई राहत उपलब्ध गराइएको हो । चामल, दाल, नुन, तेल लगायतका खाद्य सामाग्री उपलब्ध गराइएको हो

वडा सदस्यहरु मुस्तकीम हवारी, प्रयाग महतो कहर, मिना देवी, कुमारी देवीलगायतको विशेष सहयोगमा राष्ट्रिय युवा संघ नेपाल पर्साका अध्यक्ष महमद निजामुद्धिन, अनेरास्ववियु पर्साका विधार्थी नेता रामबाबु मण्डल, राजकपुर मण्डल, शंकर महतो, जगन महतो, पवन ठाकुर लगायतको समुहले गरीब, विपन्न तथा न्युन आर्थिक अवस्था भएका परिवारहरूलाई राहत वितरण गरेको हो।

Like
Like Love Haha Wow Sad Angry

One thought on “वडा अध्यक्ष प्रधुमन सेढाईद्वारा विपन्न परिवारहरूलाई राहत वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *