वाणिज्य बैंकमा खाता खोल्नेलाई नेपाल टेलिकमको सिम कार्ड निःशुल्क

दैनिक वीरगंज / राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुलाई नेपाल टेलिकमको जीएसएम प्रिपेड मोबाइल सिम निःशुल्क उपलब्ध गराइने भएको छ ।

PROMOTION

यस सम्बन्धी नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच आज (२०७६ मंसिर १२ गते) सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

बैंकले मुलुकभर भएका २ सय ३८ वटै शाखाबाट नयाँ खाता खोल्ने ग्राहकलाई कम्पनीको सिम निः शुल्क रुपमा उपलब्ध गराउने छ । सो सिममा ५० रुपैयाँ टक भ्यालु समेत हुनेछ ।

HTTPS://FACEBOOK.COM/DAINIKBIRGUNJ

Like
Like Love Haha Wow Sad Angry

One thought on “वाणिज्य बैंकमा खाता खोल्नेलाई नेपाल टेलिकमको सिम कार्ड निःशुल्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *