वार्ता टोली गठन गरी डा. केसीको माग पूरा गर्नुपर्ने – जसपा नेता नवाब शाह

✍ प्रिन्स मिश्रा

कपिलवस्तु, २४ असोज । जिल्लाको कृष्णनगरमा जसपाद्वारा डा गोविन्द केसीको समर्थनमा नगर परिक्रमा गरि गोलघरमा बिभिन्न नेताहरुद्वारा सम्बोधन गरिएको छ ।

कायर्क्रममा बोल्दै तत्कालीन समाजवादी पार्टी नेता नवाब शाहले डाक्टर केसीको माग सरकारले बेवास्ता गरेको प्रति घोर बिरोध गर्दै तत्काल वार्ता टोली गठन गरी उहाँको माग सम्बोधन गर्नु पर्ने करिब ६ महिना देखि बन्द रहेको नेपाल भारत सीमा अब खुल्नु पर्ने र तत्काल महिला हिँसा, भ्रष्टाचार गर्नेलाई कडा भन्दा कडा कारवाही हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै तत्कालीन समाजवादी पार्टीका नेता शाहले डाक्टर केसीको माग तत्काल पूरा गर्नुपर्ने र आदिवासी जनजाति दलित पिछडिएको तत्काल व्यवस्था मिलाउनु पर्ने माग सहित सम्बोधन गर्नु भयो।

उक्त र्‍यालीमा कृष्ण प्रसाद चौधरी, मोहम्मद हइ मुसलमान, अकरम पठान, रामनिवास पूरी ,जीवन श्रीवास्तव, बजरंगी गुप्ता, नदीम अरसद इदरीसी, बृजेश गुप्ता, सलमान इदरीसी, ऋषी रजक, जानकी रैदास, नदीम इदरीशी सितादेवी लगायत सयौ को संख्यामा कार्यकर्ताहरुको उपस्थिति थियो।

Like
Like Love Haha Wow Sad Angry

Pradeep Sah

Mission to Provide Fact News to the public. Fact News our Mision : Dainik Birgunj / Sub-Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *