विवाद अन्त्य, रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाका तेश्रो नगरसभा सम्पन्न


सत्येन्द प्रताप सिंह, रौतहट २२ फाल्गुन।लामो समयदेखीको वाद विवाद पछि विहिवार रौतहटको फतुवा विजयपुर नगरपालिकाको तेश्रो नगरसभा पारित भएको छ ।
मेयर र उपमेयरविच लामो समयदेखी कुरा नमिल्दा अडकिएको फतुवा विजयपुर नगरपालिकाको तेश्रो नगरसभा बिहिवार मात्रै सम्पन्न भएको छ ।

असाढ महिनामै हुनुपर्ने नगरसभा ९ महिना ढिलो गरी विहिवार मात्रै सम्पन्न भएको छ ।
नगरपालिकाको सभाकक्ष विजयपुरमा विहिवार आयोजित एक कार्यक्रमकावीच तेश्रो नगरसभा भव्यताका साथ सम्पन्न भएको छ ।
मेयर गोपाल यादव र उपमेयर कान्तीदेवी महतोवीच बजेटमा भागबण्डा नमिल्दा यस अघि दुई पटक नगरसभा भए पनि कार्यान्वयन नभई रद्द भएको थियो ।

उपमेयर कान्ती देवीमहतोले मेयर यादव आफुखुसी नगरसभा गरेको आरोप लगाउँदै मेयर यादव एकलौटि गरेको नगरसभा रद्द गर्न उच्च अदालत विरगंजमा निवेदन दर्ता गराएकी थिईन ।

उपमेयर महतोको जाहेरीको आधारमा उच्च अदालत विरगंजले यसअघि ११ गतेका लागि निर्धारण गरिएको नगरसभा रद्द गर्न निर्देशन दिएको थियो ।
मेयर र उपमेयरवीच बजेट बाडफाडको विषयमा नै कुरा नमिल्दानगरसभा पटक पटक स्थगीतहुँदै आएको थियो तर बजेट भागबण्डामा मेयर र उपमेयरको कुरा मिलेपछि बल्लमात्रै असाढ महिनामै हुनुपर्ने नगरसभाबिहिवार मात्रै सम्पन्नभएको छ ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले चालु आर्थिक वर्षको लागि निती, कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुभएको छ ।
चालु आर्थिक वर्षको निती तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रधानले ५० करोड ४१ लाख ७० हजार ३ सय २३ रुपैया १० पैसा बजेट प्रस्तुत गर्नुभएको छ ।


नगरपालिकाले आफना निती तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, पूर्वाधार विकास, सडक निर्माण, यातायात, विधुत, सञ्चार, खेलकुद, कृषि लगाएतका विकास निर्माणको कामलाई विशेष प्राथमिकता दिएको छ ।
यसैविच नगरपालिकाको नगरसभा विहिवार दुई तिहाई बहुमतले सम्पन्न भएपछि नगरका कर्मचारी र शिक्षकहरुको तलव निकासा हुने बाटो खुलेको छ ।


नगरसभा नभएकै कारण नगरपालिकाका सयौ शिक्षक तथा कर्मचारीहरु गत असाढदेखी नै अहिलेसम्म तलव भत्ता खान पाएका छैन ।
तर विहिवार नगरसभा सम्पन्न भएपछि अब शिक्षक तथा कर्मचारीहरुको तलव चाडै निकासा हुने मेयर गोपाल यादवले बताउनुभयो ।

Like
Like Love Haha Wow Sad Angry

11 thoughts on “विवाद अन्त्य, रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाका तेश्रो नगरसभा सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *