विश्रामपुर गाउँपालिका अध्यक्ष जेल मुक्त, गाउँपालिकामा बाजागाजासहित स्वागत

भरत सरार्फ, वीरगंज ६ माघ।

विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल पाल भेडिहर अाज माघ ६ गते जेल मुक्त भएका छन्।

जेल मुक्त पछि गाउँपालिका मा हर्सोल्लास खुसियाली का साथ विश्रामपुर गाउँपालिकामा बाजागाजाको साथ हजारौंको संख्यामा मोटरसाइकल र्याली निकालिएको थियो ‌।

बारा जिल्ला अदालत को अादेश मा पौष ६ गते भेडिहर पक्राउ परी वीरगंज स्थित कारागार मा २९ दिन जेल सजाय भुक्तानी गरी मुक्त भएका हुन्। सवारी ज्यान मुद्दामा फरार सूचीमा रहेका गाउँपालिका अध्यक्ष भेडिहरलाई पौष ६ गते आइतबार बिहान ९ बजे उनको घरबाट बारा प्रहरीले प्रक्राउ गरी कारवाहीको लागि जेल चलान भएका थिए।

बारा प्रहरी उपरीक्षक विकास राज खनालले जानकारी दिनुभयो। बारा जिल्ला अदालतले २०६३ साल भदौ ८ गते सवारी ज्यान मुद्दामा २९ दिन कैद र २ हजार नगद जरिवाना ठहर आदेश गरेको थियो।

Like
Like Love Haha Wow Sad Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *