वीरगंजका अस्पतालहरूले लापरवाही नगरी नागरिक रक्षाको लागी सम्पूर्ण सेवा प्रदान गरौं: नेकपा प्रदेश सदस्य निषाद

रामजी साह, वीरगंज २६ श्रावण।
कोभिड-१९ महामारी पूरा विश्वका लागि एक संकटमय घडी रहेको छ। यस महामारीले महानगरपालिकाका क्षेत्र जोखिम पूर्ण अवस्था रहेको र यसले जनधनमा परेको असर सबैलाई अवगत नै छ। यस महामारीको समयमा जन्तासंग एक त्रास रहेसंगै निजी अस्पतालहरुले गरेको लापरवाहीले अर्को त्रास थपिएको छ।

यस अवस्थामा संपूर्ण निजी अस्पतालहरुले बारा,पर्सा, रौतहट लगाएत प्रदेशको जनताका रक्षाका लागि सम्पूर्ण सेवा प्रदान गर्न नेकपाका प्रदेश नं २ सदस्य तेज प्रसाद निषादलें आग्रह गरेका छन। साथै यस महामारीको घडीमा संपूर्ण नगरवासी, प्रदेशवासी तथा देशवासीले कसैमाथि प्रत्यारोप नलगाई एक अर्कासँग मिली यस महामारीको विरुद्ध लडाईमा सरकारको साथ दिई अगाडि बढौं। निषेधाज्ञा गरेर कोरोना गइहाल्छ यो हामी भन्न सक्दैनौं यसका लागी आमनागरिकमा जनचेतना हुन जरुरी छ। कोरोनाको संक्रमण संग दिनहुँ धेरै मानिसको ज्यान गैरहेको अवगत नै छ।

साथै यस संग लडन नेपाल सरकारले लगाइएको निषेधाज्ञाका कारण भोकमरीले अर्को स्थान ओगटेको पाइएको छ। दैनिक कार्य गरी जीवनयापन गर्दै आइरहेकाका जीवन झन कष्टकर बन्दै गएको छ। त्यसैले सम्पुर्ण आमनागरिकले कोरोना सँगको लडाईको अभिअवगता ग्रहण गरी सामाजिक दुरी कायम गरी भोकमरीको लडाई लडनु पनि जरुरी रहेको छ र यस लडाईमा पनि आपसी साथ दिन निषादले आग्रह गरे। साथै सरकारले आवश्यक नियम लगाई कलकारखाना सञ्चालनमा निषादले सरकार संग आग्रह गरे।

Like
Like Love Haha Wow Sad Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *