वीरगंजमा नेविसंघका नेताहरु तथा प्रहरी बिच बीच झडप, ३ जना पक्रऊ

रामजी साह, बीरगंज २६ साउन।
बीरगंजमा केहीदिन देखि निजी अस्पतालको लाफरवाहिका कारण ६ जनाले समेत ज्यान गुमाई सकेको छ।अस्पतालहरुको लापरवाहीका कारण लगातार केहीदिन देखि जनले नराम्रो असर झेल्नु परेको हुँदा यसको  बिरोधमा जिल्ला प्रशासन कार्यालय पर्साको मुल गेटमा धर्ना दिइरहका नेविसंघका विद्यार्थी नेताहरु तथा प्रहरी बिच झडप भएको छ ।

झडपको क्रममा एक दर्जन भन्दा बढी विद्यार्थी नेताहरु घाइते भएको नेविसंघ ठाकुर राम एकाई समितिका अध्यक्ष मनोज साहले बताए । झडप पछि
धर्नामा वसेका नेविसंघ ठाकुरराम एकाई समिति अध्यक्ष साहसहित जिल्ला संयोजक विकास तिवारी तथा जिल्ला उपाध्यक्ष शेष हजरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेविसंघका नेताले उक्त लापरवाहीकाे विरुद्ध समाजिक दुरी कायम गर्दै शान्तिपूर्वक धर्नामा बसिरहेका बेला अचानक आएर प्रहरीले लाठीचार्ज गरेको  तथा विद्यार्थी नेताहरुलाई धरपकड शुरु गरेको नेविसंघ ठाकुरराम एकाई समितिका अध्यक्ष मनोज साहले बताए ।

Like
Like Love Haha Wow Sad Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *