वीरगंज पब्लिक कलेजद्रारा स्वागत तथा सम्मान कार्यक्रम

राजन बानिया, पोखरिया १ मंसिर । वीरगंज पब्लिक कलेज आज सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ । बिबिएस प्रथम वर्षमा नयाँ भर्ना गराएका विधार्थीहरुलाई स्वागत गर्न तथा सामाजिक कार्यमा अग्रसर व्यत्तिलाई आज कलेजले कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । होटल भिश्वामा आयोजित कार्यक्रममा प्रमुख अथिती समेत रहेका मानव सेवा आश्रमका फाउन्डर गोविन्द टंडनले कलेजले शिक्षाको क्षेत्रमा ठुलो योगदान पुर्याउँदै आएको भन्दै कलेजले सफल व्यतिmत्वका साथ सामाजिक कार्यमा समेत असल व्यतिmत्वको पहिचान बनाउन सफल भएको बताउनुभयो । उहाँले कलेजले विभिन्न कार्य तथा तालिम मार्फत किताबी शिक्षासंगै जिवनको व्यवहारीक महत्व बुझाउन गरेको प्रयास सराहनीय रहेको धारणा व्यतm गर्नुभयो । उहाँले कलेजका प्रबन्ध निर्देशक प्रा.डा.दिपक शाक्यले युवाहरुमा संयमता अपनाउन र मानवताको विचार ल्याउन गरेको प्रयास समाज तथा राष्ट्रकै लागि प्रशशनीय कार्य रहेको बताउनुभयो । त्यस्तै कार्यक्रममा हेल्भेटास नेपाल नामक संस्थाका प्रदेश २ का संयोजक संदिप पौडेलले कलेजले स्थापना कालदेखी हालसम्म युवाहरुलाई एक कुशल तथा व्यवसायिक बनाउनुका साथै आर्थिक रुपले सबल बनाउन धेरै अवसर तथा तालिम प्रदान गर्दै आएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । त्यस्तै कलेजका निर्देशक प्राध्यापक डा.दिपक शाक्यले कलेजले स्थापनाकालदेखी नै विधार्थीहरुलाई सफल र असल बनाउन हरसम्भव प्रयासरत रहेको भन्दै आर्थिक नगरी वीरगंजमा हाल यस कलेजका प्राय जसो विधार्थीहरु राम्रो र प्रतीष्ठित संस्था तथा कार्यालयमा उच्च पदमा जागिर गरीराखेको वा आफ्नै व्यवसाय संचालन गरी आर्थिक अवस्था सुधार्न सफल भएको बताउनुभयो । उहाँले कलेजले अध्ययन सर्टिफिकेट प्रदान गर्ने काम मात्रै नगरी विधार्थीको भविष्य सुरक्षित गर्ने उद्देश्यले संचालन भईरहेको बताउनुभयो । उहाँले हालसम्म कलेजले विधार्थी र अभिभावकको विश्वास जित्न सफल रहेको र आगामी दिनमा पनि अध्ययन अध्यापनसंगै विधार्थीहरुको अनुसाशनमा समेत ख्याल गर्दै आएको दावी गर्नुभयो । कार्यक्रममा प्राध्यापक युगल किशोरले १२५ जना विधार्थीबाट संचालन गरेको कलेजमा हाल विभिन्न बाधा अड्चनका बावजुद करीब ३ हजार विधार्थीलाई अध्यापन गराईरहेको र शिक्षाको क्षेत्रमा नेपालभरीमै टप टेनमा पर्न सफल भई राष्ट्रिय स्तरमै हालसम्म ६ भन्दा बढी सम्मान समेत पाईसकेको बताउनुभयो । कार्यक्रममा हेल्भेटास नेपालको प्रदेश २ का संयोजक संदीप पौडेल र नारायणी एफएमकी समाचार संयोजक एव् बिबिसि नेपाली सेवाकी संवाददाता माधुरी महतोलाई कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान समेत गरीएको हो । कार्यक्रममा कलेजका प्राध्यापकहरु हरी रत्न तुलाधर , युगल किशोर , विनय ठाकुर , वासु कर्ण , वासिम हुसैन , पत्रकार संतोष रंजितकार , जाकिर हुसैन , सुमित श्रेष्ठ , नेहाल खान लगायत बिबिएस प्रथम वर्षका विधार्थीहरुको सहभागीता रहेको थियो ।

Like
Like Love Haha Wow Sad Angry

One thought on “वीरगंज पब्लिक कलेजद्रारा स्वागत तथा सम्मान कार्यक्रम

Leave a Reply

Your email address will not be published. Required fields are marked *