वीरगञ्ज भिस्वा युवा क्लबको ८ औं बार्षिकोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न

वीरगञ्ज, २८ भदौ । ” देश बिकासका लागि युवा सशक्तता आजको आवस्यकता ” भन्ने मुल नाराका साथ स्थापित बीरगंज भिस्वा युवा क्लबले आज बार्षिकोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ। वीरगञ्ज महानगरपालिकाका वडा नं.१५ भिस्वा मा रहेको वीरगञ्ज भिस्वा युवा क्लबले ८ औं बार्षिसोत्सवको उपलक्ष्यमा आज रक्तदान, आयुर्वेदिक काढा, होमियोपैथिक औषधी बितरण कार्यक्रम सम्पन्न भएको थियो ।

वीरगञ्ज भिस्वा युवा क्लबका अध्यक्ष उदय नारायण कुशवाहाको अध्यक्षतामा र पर्सा जिल्ला क्षेत्र न.१ का माननिय प्रतिनिधि सभासदस्य प्रदीप यादवको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमका विशिष्ट अतिथी बीरगंज पब्लिक कलेजका प्रोफेसर डा. दिपक शाक्य, सामाजिक अभियन्ता एवं युवा नेता ओमप्रकाश सरार्फ,अपराध अनुशन्धान उपप्रमुख कुमार खड्का, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साह, वरिष्ठ पत्रकार कल्याण बहादुर हाडा, क्लबका संस्थापक अध्यक्ष ईन्द्रजित गुप्ता, स्थानीय शिक्षक राम प्रसाद कुशवाहा, बिक्रम सिंह, डा. कमलेस ठाकुर लगायत क्लबका पदाधिकारीहरु स्थानिय युवा, बुद्धिजिबिहरुको सहभागीता रहेको थियो ।
यसैगरी रक्तदान कार्यक्रममा ४ महिला सहित ३२ जनाले रक्तदान गरेका थिए ।रक्तदान गर्नु हुनेमा अजिता मरासनी, रेणु कुमारी सिंह, रम्भा देबि, पार्वती देवी, राधा बैठा लगायतकाले रक्तदान गरेका थिए ।

त्यसै गरी होमियोपैथीक औषधी बितरण सौजन्य मारवाडी सेवा समिती काठमाडौं, युवा नेता तथा सामाजिक अभियन्ता ओमप्रकाश सरार्फले सहयोग गरेका थिए ।

प्राबिधिक सहयोग ब्लड बैंक बीरगंजका दिलमाया घिमिरे, शेखर गुप्ता, धिरेन्द्र कुमार दास, भुषण कुमार जयसवाल र राम नरेश यादवले गरेको थियो ।

कार्यक्रमको सहजीकरण क्लबका सल्लाहकार केशर दासले गर्नु भएको थियो ।

Like
Like Love Haha Wow Sad Angry

Pradeep Sah

Mission to Provide Fact News to the public. Fact News our Mision : Dainik Birgunj / Sub-Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *