शिवराजमा खेलकुद महोत्सब सुरु, बिद्यार्थीको पठन पाठन प्रभावित


प्रिन्स मिश्रा / चन्द्रौटा, कपिलवस्तु।

कपिलवस्तुको शिवराज नगरपालिकाको आयोजना खेलकुद महोत्सव सुरु भएको भएको छ । एकै पटक नगरप्रमुख कप,उपप्रमुख कप र राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता उद्धघाटन भएको हो । विगतका वर्षमा नगरपालिकाले छ्ुटा छुटै खेल आयोजना गर्ने भएपनि यस वर्ष भने एकै पटक खेल आयोजना गरेको भएको हो । नगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत नगरप्रमुख कपको लागि ६ लाख ५० हजार,उपप्रमुख कपको लागि २ लाख र राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको लागि १ लाख बजेट विनियोजन गरेको थियो ।


राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोतामा भलिबल, कबड्डी, एथलेटिक्स, दौड, हाईजम्प, लम्जम्प,टिपलजम्प, सुटपुट, ज्यावलिङ्ग थ्रो, कराते प्रतियोगिता हुने छ । त्यस्तै मेयर कपमा फुटबल र क्रिकेट,उपमेयर कपमा फुटबल र कराते प्रतियोगिता हुने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतक शेषकान्त पौडेलले बताउनुभयो । शिवराज नगरपालिका ५ चन्द्रौटा राष्ट्रिय माविको खेलमैदान, समिति खेलमैदान र शिवपुर खेलमैदानमा प्रतियोगिता हुने छ ।

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोतामा भलिबल, कबड्डी, एथलेटिक्स, दौड, हाईजम्प, लम्जम्प, टिपलजम्प, सुटपुट, ज्यावलिङ्ग थ्रो, कराते प्रतियोगिता हुने छ । त्यस्तै मेयर कपमा फुटबल र क्रिकेट, उपमेयर कपमा फुटबल र कराते प्रतियोगिता हुने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतक शेषकान्त पौडेलले बताउनुभयो । शिवराज नगरपालिका ५ चन्द्रौटा राष्ट्रिय माविको खेलमैदान, समिति खेलमैदान र शिवपुर खेलमैदानमा प्रतियोगिता हुने छ । सवै वडा तथा विद्यालयका विद्यार्थीहरुलाई खेलमा सहभागी गराएको बताउनुभयो । “यो स्थानिय स्तरको खेल हो,यसै वाट प्रदेश हुदैँ राष्ट्रिय खेलाडी बन्न सकिन्छ” मेयर अधिकारीले भन्नुभयो “खेललाई मर्यदित तथ भव्य रुपमा सम्पन्न गर्नुपर्छ ।”कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता सरोज पौडेल, नेपाली काग्रेसका नगरसभापति मधु पोख्रेल, समाजवादी पार्टीका नगर अध्यक्ष कृष्णकुमार चौधरी, शिक्षकहरुले खेलमा शुभकामना दिएका थिए ।
यता एसईईको पुर्व तयारी परिक्षा संचालन भइरहेको बेला खेल संचालन गरेकोमा कतिपय विद्यालयहरुले विद्यार्थीहरुलाई खेलमा सहभागी गराउन सकेका छैनन् । खेलमा सस्थागत विद्यालयको सहभागीता सुन्य रहेको छ । यहि फागुन २८ गतेदेखी वार्षिक परिक्षा संचालन हुने हुदाँ विद्यार्थीहरुको पठनपाठन प्रभावित हुने देखिएको छ ।

नगरपालिकाले परिक्षा र खेलको समय नमिलाउदा यस्तो समस्या भएको छ । खेला मावि स्तरको भएपनि माविको परिक्षा नजिकिएकोले आधारभुत तहका विद्यार्थीहरुलाई खेलमा सहभागी गराएका छन ।

Like
Like Love Haha Wow Sad Angry

Prince Mishra

District Correspondent ( कपिलवस्तु ब्यूरो प्रमुख )

Leave a Reply

Your email address will not be published. Required fields are marked *