श्री चित्रगुप्त अतिथि सदन नव निर्मित भवन उद्घाटन् सम्पन्न

नितेश कुमार कर्ण, वीरगंज २० कार्तिक। वीरगन्ज वडा न १ चित्रगुप्तनगरमा चित्रगुप्त अतिथि सदन नव निर्मित भवनको एक कार्यक्रमको बिच बुधबार उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि पर्सा क्षेत्र नम्बर २ का सांसद बिमल प्रसाद श्रीवास्तवले छपकैया वडा नं.१ मा नव निर्मित भवनको रिबन काटेर आज उद्घाटन गर्नु भयो ।

समुदघाटन समारोहमा सांसद श्रीवास्तवले समाजमा सामुदायीक भवनको निर्माणको साथै सामुदायीक हित, शिक्षा र समाजीक कुरुतीको बिरुद्ध समाजमा जागरुकता फैलाउनु पर्ने आवश्यकतामा जोड दिनु भयो

। सो समारोहमा चित्रगुप्त कार्यकारिणी समितिका अध्यक्ष महेश दासले सामुदायिक हक हितको लागी भौतिक संरचना जरुरी रहेको र समुदायको हित एव सामाजिक कार्यगर्न भवन निर्माण सहयोगी हुने बताउनु भयो । सवा सात धुर जग्गामा करीब ४३ लाखको लागतमा चित्रगुप्त अतिथि सदनको निर्माण भएको सचिव रामबिहारी लाल दासले जानकारी दिनु भयो ।

प्राध्यापक डा.कुलानन्द, श्री चित्रगुप्त सेवा समिति वडा नं. १ सिसोवारीका अध्यक्ष प्रभुनारायण कर्ण,चित्रास अतिथि सदन वडा न.३का अध्यक्ष ब्रजेश मल्लिक, प्राध्यापक डा.बासुदेव लाल कर्ण लगायतकाले शुभकामना मंतव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा कार्यस्थ समाजको तर्फबाट सांसद बिमल प्रसाद श्रीवास्तवलाई कदर पत्र सहित दोसल्ला लगाएर सम्मानित गरिएको थियो । कार्यक्रम श्री चित्रगुप्त अतिथि सदनका अध्यक्ष ब्रम्हदेव लाल दासको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Like
Like Love Haha Wow Sad Angry

11 thoughts on “श्री चित्रगुप्त अतिथि सदन नव निर्मित भवन उद्घाटन् सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *