संस्कृतीको आयोजनामा नि:शुल्क सेनिटरी प्याड बनाउने तालिम सम्पन्न

वीरगंज २७ फागुन। महिनावारी र प्रजनन स्वास्थ्यको विषयमा अँझै पनि ग्रामिण क्षेत्रमा खुलेर कुरा गर्न सक्ने अवस्थाको सृजना हुन सकेको छैन ।

महिनावारी तथा प्रजन स्वास्थ्यको विषयमा कक्षामा पढाई हुँदा समेत लजाउने, शिक्षक शिक्षिकाले पनि खुलेर पठनपाठन गराउन अप्ठेरो मान्ने लगायतका समस्याका कारण पर्सा जिल्लाका विभिन्न ग्रामिण भेगमा महिनावारी भएको छ कि छैन भनेर सोध्दा समेत किशोरीहरु नाजवाफ हुने गरेका छन् ।फलस्वरुप महिनावारी र प्रजनन स्वास्थ्यका विषयमा किशोरीहरुलाई सचेत गराउन, महिनावारी हुँदा के गर्ने के नगर्ने, प्याडको प्रयोग कसरी गर्ने, विसर्जन कसरी गर्ने लगायतका विषयमा आज पर्साको बहुदरामाई नगरपालिका वडा न. ७ विश्रामपुरमा प्रशिक्षण दिइएको छ ।

मलेशिया सरकारको युवा तथा खेलकुद मन्त्रालयद्वारा सञ्चालित माई क्रप्स नामक संस्थाको सहयोग, सिर्जनशिल यृुवाहरुको समुह संस्कृती, अवारनेस ३६० र सामाजिक संस्था जिल्ला समन्वय समितिको सहकार्यमा नि:शुल्क पुन प्रयोग गर्न मिल्ने कपडाको सेनेटरी प्याड बनाउने बारे प्रशिक्षण दिइएको हो ।

तालिममा बहुदरामाई नगरपालिका वडा न. ७ र ९ का ६० जना छात्राहरुको सहभागिता रहेको थियो । मलेशियाबाट आएको टोलिले विगत २ महिना देखी सो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा विभिन्न खेलकुद सामाग्री, शैक्षिक सामाग्री वितरण, भवन निर्माण लगायतका विभिन्न चेतनामुलक कार्यक्रमहरु गर्दै आएको छ ।

तालिममा अन्जु चौहान, सुष्मिता हमाल, अनु पोखरेल, सरीता खड्का, विवेक बरनवाल, आयुष पोखरेल, रोहित गुप्ता लगायतले प्रशिक्षण दिएको संस्कृतिका शसीकान्त सर्राफले बताउनुभयो ।

तालिममा बनाईएको सेनिटरी प्याडले बजारमा पाइनेको प्याडको विकल्पका रुपमा प्रयोग गर्न सकिने सर्राफले बताए । उनले बजरमा उपलब्ध प्याड भन्दा कपडाको प्याड सस्तो, बढी भरपर्दो र वातावरणका मैत्री पनी भएको जानकारी गराए ।

मलेशियाबाट आएका नूर अस्यकिन बिनती हिड्जिर, अहमद थाकिफ बिन कामदानी, सीती नादिया बिन्टी जकारिया, नोरिजान बिन मोहम्मद र शु जियान लिम लगायतले सहयोग गरेको संस्कृतिका किरण गिरीले जानकारी दिनुभयो ।

Like
Like Love Haha Wow Sad Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *