सप्तरी र सर्लाही टिम बीच भएको खेलमा सप्तरी ३-२ को अन्तरले बिजयी

अजित भुजेल / वीरगंज २० माघ।

प्रदेश स्तरीय गिरिजा प्रसाद कोईराला गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सोमबार भएको तेसो दिनको खेलमा सप्तरी र सर्लाही टिम बीच भएको खेलमा सप्तरी टिम बिजयी भएको छ । सप्तरीले ३-२ को अन्तरले सर्लाहीलाई पराजित गरेको छ ।

वीरगंजको आदर्शनगरस्थित रंगशालामा भएको तेस्रो दिनको खेलको ३७ औं मिनेटमा सप्तरीका दिवश श्रेष्ठले पहिलो गोल गरि खाता खोल्न सफल भएका थिए ।त्यसैगरि ५१ औं मिनेटमा दोस्रो गोल पनि दिवशले नै गरे र ८२ औं मिनेटमा सप्तरीका उज्वल सिंहले तेस्रो गोल गरेका थिए भने सर्लाहीका श्रवण लामाले ६१ औं मिनेटमा र दावा लामाले ८९ औं १/१ गोल गरेका थिए ।

सप्तरीका दिवश श्रेष्ठ आजका म्यान अफ दि म्याच घोषित भएका थिए । जिपि कोईराला फाउन्डेसन पर्सा बिरगंजले आयोजना गरेको फुटबल प्रतियोगिताको पहिलो दिन शनिबार घरेलुु मैदानमा पर्सालाई पराजित गर्दै धनुषा टिम बिजयी भएको थियो ।

दोस्रो दिन आइतबार रौतहट र महोत्तरी बीच भएको खेलमा महोत्तरी टिम बिजयी भएको थियो । भोली २१ गते मंगलवार सिराहा र बारा टिम बीच हुने आयोजक ले जनाएको छ ।

Like
Like Love Haha Wow Sad Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *