समाजसेवी हरि चन्द्र द्वारा भारतबाट आएकालाई सहयोग


अजय मिश्रा कृष्णनगर, अषाढ ८
रूकुम पशिचम जिल्लाको बाॅंफीकोट गाउपालिका वडा नं ६ र ९ का व्यक्ति भारतको कलकत्ता र झारखंड बाट आएका २७ जना लाई कपिलवस्तु को कृष्णनगरमा खाना पानी को व्यवस्था का साथै घर सम्म पुर्याउन गाडीको व्यवस्था मिलाएर मानवीय सेवा को उदाहरण दिएका छन्।
भारत बाट आएका भरत मिस्की र प्रविन विक को टोली सम्बंधित ठाउमा पुगि सकेको जानकारी प्राप्त भएको छ ।
नेपाल मा (COVID-19) कोरोना भाइरस महामारी बाट बच्न नेपाल सरकार ले जारी गरेको लकडाउन का बेला समेत इट्टा भठ्ठा मा काम गर्ने मजदूर लाई समाजसेवी हरि चन्द्र ले चामल,दाल लगायत अन्य खाद्यान्न समाग्री सहयोग गरेका थिए।
मास्क वितरण लगायत अग्र पंक्ति मा रहेर समाजसेवाको काम गर्दै आएका छन्।

Like
Like Love Haha Wow Sad Angry

Prince Mishra

Senior Reporter Lumbini Province) 9857056143

11 thoughts on “समाजसेवी हरि चन्द्र द्वारा भारतबाट आएकालाई सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *