जेसिजको चुलो बाल्ने अभियान : हालसम्म १९७ घर परिवारलाई खाद्यान्न वितरण

बारा, २८ भदौ । कलैया सिटी जेसिजले चुलो बाल्ने अभियानलाई आइतबार पनि निरन्तरता दिएको छ । आज थप ६० घर परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको जेसिज जिल्लाका उपाअध्यक्ष तथा कार्यक्रम संयोजक पवन कुमार कुशवाहाले जानकारी दिए ।

बिहीबारदेखि सुरु गरिएको सो अभियानअन्तर्गत जेसिजले पहिलो दिन ३१, दोस्रो दिन ५१, तेश्रो दिन ५५ र आज ६० गरी हालसम्म १९७ घर परिवारलाई सहयोग हस्तान्तरण गरेकोे छ ।

कोरोना भाईरस (कोभिड-१९) को महामारीका कारण गरिएको लकडाउन र निषेधाज्ञाले दैनिक गुजारा चलाउन नसक्ने परिवारका लागि यो अभियान सुरु गरिएको हो ।

महामारीका कारण श्रमजिवी तथा विपन्न परिवार नै मारमा परेकाले उनीहरुको चुलो बलोस् भन्ने उद्धेश्यले यो अभियान संचालन गरी सहयोग गर्न लागिएको हो ।

राहतस्वरुप १० किलो चामल, १ किलो दाल, सोयाबिन ५ सय ग्राम, नुन १ केजी, लुगा धुने तथा नुहाउने साबुन, १ प्याकेट सलाई वितरण गरिएको छ ।

Like
Like Love Haha Wow Sad Angry

Pradeep Sah

Mission to Provide Fact News to the public. Fact News our Mision : Dainik Birgunj / Sub-Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *