सांसद् प्रदीप यादवलाई कोरोना सङ्क्रमण पुष्टि

वीरगञ्ज १६ साउन । पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शुक्रबार मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमार्फत सांसद यादवले आफूलाई कोरोना पोजेटिभ भएको जानकारी गराएका हुन्।सांसद् यादवले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत् पनि आफुलाई कोरोना सङ्क्रमण भएको पुष्टि गरेका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताउँदै छिट्टै जनताको सेवामा फर्किने बताएका छन् ।

यादवले आफ्नो स्वास्थ्यमा थप कुनै समस्या नभएको समेत जानकारी गराएका छन्।

‘आफूलाई आइसुलेट गरेर अहिले आराममा छु। आ-आफ्नो घरभित्र आत्मअनुसाशन कायम गर्दै सुरक्षीत रुपमा बस्न, घरबाट अति आवश्यक रूपमा निस्किनु परेमा बिना मास्क न निस्किन र समाजिक दुरी कायम राख्न सबैमा यतिबेला बडा गम्भीरतापुर्वक म आग्रह गर्न चाहन्छु’, उनले भनेका छन्, ‘कोरोनामुक्त भएर मेरो प्राणभन्दा प्यारो जनाताको सेवामा चाडैं फर्किने छु।’

यसैबिच सांसद यादवले आजै मात्र आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकोसमेत जानकारी गराएका छन्।

‘आदरणीय दाजुभाइ दिदिबहिनी! आज मात्र सम्मानीय प्रधानमन्त्रीज्यूलाई मैले पत्र प्रेषित गर्दै, वीरगन्जमा बढ्दो कोरोना संक्रमणको अवस्थाका बारेमा अवगत गराउनुका साथै मैले वीरगन्ज क्षेत्रमा ५ सय शैंय्याको अस्पताल, विज्ञ टोलि पठाउने, समुदायमा जाचको दायरा बढाउनका लागि साधन र जनशक्ति उपलब्ध गराउन र सीमामा आवतजावत रोक्न लागायत माग राखेको छु’, उनले भनेका छन्, ‘उताबाट सकारात्मक संकेत पनि प्राप्त भएको छ। माननीय स्वास्थ्य मन्त्रीज्युसँग पनि सम्वाद गरेको छु।’

सांसद् यादवका निजि ड्राइभर र नेपाल सरकारले उपलब्ध गराएको पीएसओमा पनि कोरोना सङ्क्रमण देखिएको बरनवालले बताए ।

Like
Like Love Haha Wow Sad Angry

Pradeep Sah

Mission to Provide Fact News to the public. Fact News our Mision : Dainik Birgunj / Sub-Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *