सांसद् यादवसहित पर्सामा थपिए ६४ कोरोना सङ्क्रमित

वीरगञ्ज १६ श्रावन । पर्सामा थप ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पिसिआर ल्याबमा पछिल्लो समय गरिएको परिक्षणमा थप ६४ व्यक्तिमा कोरोना सङ्क्रमण भटिएको अस्पतालले जनाएको छ ।

नारायणी अस्पतालले शुक्रबार राति सार्वजनिक गरेको रिपोर्ट अनुसार नारायणी अस्पतालकै एक डाक्टरमा पनि संक्रमण पुष्टि भएको छ । यस्तै, एक जना पारामेडिक स्टाफलाई पनि संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये ३ महिला र ६१ पुरुष छन् । संक्रमित १५ देखि ६८ वर्ष उमेर समूहका छन् । वीरगञ्ज मिना बजार गहवा क्षेत्रबाट मात्र ३० घरभन्दा बढीमा संक्रमित भेटिएका हुन् । सङ्क्रमित मध्ये अधिकांश पर्सा जिल्लाका भएपनि एक रौतहटका छन् एक बारा जिल्लाका रहेका छन् ।

थपिएका सङ्क्रमित मध्ये वीरगञ्ज महानगरपालिका वडा नं. ६ का २२ जना रहेका छन् भने वडा नं. ८ का ११ जना रहेका छन् । साभार: यात्रा डेली

Like
Like Love Haha Wow Sad Angry

Pradeep Sah

Mission to Provide Fact News to the public. Fact News our Mision : Dainik Birgunj / Sub-Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *