सामाजिक संजाल निगरानी गर्न नागरिक समाजकाे आग्रह

कृष्णनगर, कपिलवस्तु २९ चैत।

समाजिक संजालमा सम्प्रदायिक सद्भाव खलबलिने खालका विषयबस्तुहरु माथि निगरानि गर्न नागरिकहरुले ध्यानाकर्षण गराएका छन । विश्व काेराेना संक्रमणबाट लडिरहेका बेला केही व्यक्तिहरुले समाजिक संजालहरुमा धर्म र जाति लक्षित अभद्र भाषा प्रयाेग गरि समाजिक सदभाव खलबलिनेे हुदां समयमै सचेत गराई निगरानीका लागि कृष्णनगरका समाजिक अगुवाहरु इलाका प्रहरी कार्यालय कृष्णनगर पुगेका थिए ।

प्रहरी निरिक्षक प्रताप पाैडेललाई भेटेर समाजिक संजालहरुमा हिन्दु अथवा मुस्लिम धर्मलाई लक्षित गरि अभद्र भाषा प्रयाेग गर्ने जाे काेहीलाई पनि साइबर कानुन लगायत अन्य प्रकारका अवास्यक कार्यवाही गर्न अनुराेध गरिएकाे मुस्लिम अगुवा तथा मदरसा बाेर्डका प्रदेश उपाध्यक्ष माैलना महसुद नेपालीले बताउनुभयाे ।

त्यसैगरि जाति विशेषलाई पनि गाली गर्ने केही अ-समाजिक तत्वहरुलाई कार्यवाही नगरे समप्रदायिक सदभवमा असर पर्ने लायन्स क्लब अफ कृष्णनगरका एडवाजर दिनेशचन्द्र गुप्ताले जानकारी गराएका थिए । यस काेराेना संक्रमणकाे समयमा केही व्यक्तिहरुले धर्म व जाति विशेषलाई गाली गर्ने अथवा आराेप प्रत्याराेप लगाउने गरेका छन ।

यस्ता विषयबस्तुहरु माथि निगरानि गर्न नागरिकहरुले इलाका प्रहरी कार्यालय कृष्णनगरलाई ध्यानाकर्षण गराएका छन ।

Like
Like Love Haha Wow Sad Angry

Prince Mishra

District Correspondent ( कपिलवस्तु ब्यूरो प्रमुख )

9 thoughts on “सामाजिक संजाल निगरानी गर्न नागरिक समाजकाे आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *