सावधानी बिनै प्रदेश नं. २ को ठोरी ५ मा जसपाको सभा, बाबुराम भट्टराईसहित मुख्यमन्त्रीले गरे सम्बोधन
✍ मेघराज राय

जीराभवानी, २६ असोज ।
कोरोना महामारीले उग्र रुप लिइरहेको बेला जनता सामाज बादी पार्टीका बरिस्ठ नेता पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराईको अध्यक्षता तथा जिल्ला अध्यक्ष जरी लामाको सभापत्वमा प्रदेश नम्बर २ को ठोरी ५ को सुबर्णपुरमा बृहत पार्टी प्रवेश तथा शुभकामना आदन प्रदान सभा गरेको छ ।
आज पर्साको ठोरी गाउँपालीका वार्ड नम्बर ५ को सुबर्णपुरमा बृहत पार्टी प्रवेश कार्यक्रम सप्पन्न भएको छ । कोरोना संक्रमण फैलिन नदिन २५ जनाभन्दा बढी उपस्थित नहुन सरकारले गरेको आग्रहलाई संसदको तेस्रो ठूलो दलले गम्भीर उल्लंघन गरेको छ ।
पर्सा जिल्ला प्रसाशनले बिगत एक हप्ता अगाडी मठ मन्दिर पार्टी सभामा २५ जना भन्दा बढी जन्ता वा मान्छेलाई भेला सभामा रोक लगाएको बेला जिल्ला प्रसाशनको खिली उडाउदै र स्वास्थ्य सावधानी बिनै गरिएको सभालाई बाबुराम भट्टराईसहित प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र पुर्ब स्वास्थ तथा उप प्रधानमन्त्री उपेन्द्र जसपा वरिष्ठ नेता पुर्ब प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सम्बोधन गरेका छन् ।
प्रदेश नम्बर २ को मुख्यमन्त्री लालबाबु राउत र केन्द्र अध्यक्ष उपेन्द्र यादव डा. बाबुराम भट्टराई लगाएतको उपस्थितिमा जसपाले सोमवार पर्साको ठोरी गाउँपालीकाको सुबर्णपुरमा अन्य दलका ३५५ जना कार्यकर्ता र समर्थकलाई पार्टी प्रवेश गराएको हुन । काठमाडौं बाहिर सबभन्दा बढी प्रभावित जिल्ला पर्सा हो । कोरोना महामारीको अव्गया गर्दै
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पुर्ब जनस्वास्थ्य तथा उपप्रधानमन्त्री उपेन्द्र यादव लगायतका नेताहरूले सोमवार कांग्रेस र नेकपाका ३५५ जना कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन् जस अनुसार कांग्रेस र नेकपाका ३५५ जना कार्यकर्ता जसपा प्रवेश गरेका छन् ।
भट्टराईले केही दिनअघि गोरखामा पनि अन्य दलका कार्यकर्तालाई पार्टी प्रवेश गराएका थिए ।
जनस्वास्थ्य विज्ञहरू यो समयमा राजनीतिक सभा र जमघट गर्दा कोरोना संक्रमण फैलिने खतरा प्रबल हुने बताउँछन् ।
सो कार्यक्रममा राजेन्द्र श्रेष्ठ पर्सा क्षेत्र नम्बर ३ का लिल्मबित सांसद हरिनारायण रौनिया क्षेत्र नम्बर एकका सांसद प्रदीप यादव, करिमा बेगम, प्रहलाद गिरी, जसपाका नेत्री किरन यादव, बिरेन्द्र यादव, सखुवाप्रसौनीका प्रमुख प्रदिप जैसवाल, जसपाका जिल्ला अध्यक्ष जरी लामा, बिमल प्रधान लगाएतको लगभग ७०० जना नेता कार्यकार्ता उपस्थित रहेको थियो ।
कार्यक्रमको सवागत मनतब्य मोहनलाल चौधरीले गरेका थियोे भने कार्यक्रम सन्चाल चन्द्र श्रेष्ठ गरेका थिए ।
