सिकटा बोर्डर नजिक गयराती एक युवकको गोली हानी हत्या

राजन बानिया, भिस्वा २ पुस । भारतको सिमावर्ती ईलाका सिकटा बोर्डर नजिकमा गयराती एक युवकको गोली हानी हत्या भएको छ। सिकटा थाना प्रभारी राजेस कुमार झाको अनुसार गोली लागी हत्याभएको छ। प्रभारीले दिएको जानकारीका अनुसार हत्या हुनेमा सिकटा बोर्डर चौक निवासी अोमप्रकास कुशवाहा को ३० वर्षिय छोरा संतोष कुमार कुशवाहा रहेको छ।कुशवाहालाई गोली हानी हत्या गरेर उनको घरमा शव फालेको अवस्था फेलपरेको भारतिय प्रहरीले जनाएका छन। घटना स्थल बाट प्रहरीले सात एमएमको दुई वटा खोखा बरामद गरेका छन।

घटनाको जानकारी मिलनै बितिकै भारत बिहार बेतिया जिल्लाको महिला एसपी नितासा गुडियाले घटना स्थलमा पुगी घटनाको समबन्धमा अनुसंधान गरिरहेको बताए। गोली हानी हत्या कसरी र किन भएको बेतिया जिल्ला प्रहरी कार्यालयबाट अाएका कुकुरले अपराधीहरुको खोज तलाश गरिरहेको थियो। मृत्क कुशवाहाको एक जना छोरा राज कुशवाहा र एक जना छोरी राज्ञनी कुमारी र श्रीमती बबिता देबी रहेको प्रहरीले जनाएका छन।

श्रीमती बबिता देबी र मृत्क कुशवाहा बिच घाईसी बिबाद पहिला देखी चलदै अाएको प्रहरी ले जनाएकाछन। यसको समबन्धमा सिकटा प्रहरी कार्यालयले बिषश अनुसंधानको लागि दुईजनालाई नियन्त्रणमा लिएर बेतिया पठाएको छ। अनुसंधानको क्रममा मृतक कुशवाहाको श्रीमती बबिता देबी र मतकका काका को छोरो कुन्दन भनिने राहुल कुशवाहालाई बेतिया जिल्ला पुलिस कार्यालय पठाएको सिकटा थाना प्रभारी राजेश बुमार झाले जनाएका छन।

यस घटनाको अनुसंधान प्रक्रिया अगाडि बढेको र बेतियाबाट फोरैसी बिभागको टोली अनुसंधानमा खटिसकेको र मृतकका शवलाई पोस्ट मार्टमको लागी बेतिया सरकारी अस्पतालमा लगिएको बेतिया का एसपी नितासा गुडियाले जनाएका छन

Like
Like Love Haha Wow Sad Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *