स्ववियु निर्वाचन घोषणाले उत्साहित छौं : एकाई अध्यक्ष यादव

वीरगंज २७ पौष । स्ववियुको चुनाव फागुन १४ गते
राष्ट्रिय विधार्थी संघ चुनावको पक्षमा त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने तयारी गरेको छ ।

यस अघि २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनमा दुई वर्षे कार्यकाल सकिएका पदाधकारीको म्याद यही फागुन १३ गतेसम्म मात्र थप गरिएकाले अब फागुन १४ गते नै निर्वाचन गर्नुपर्ने भएको हो ।

त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनलाका निर्देशक गंगाबहादुर थापाले ११ वर्षदेखि हुन नसकेको करिब ४ सय आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा पनि सोहि दिन निर्वाचन गर्ने गरी तयारी थालिएको बताए । राष्ट्रिय विधार्थी संघ फाल्गुन १४ गते हुने चुनावको पक्षमा छ।

तर साल २०६५ पछि अहिलेसम्म हरेक दुई–दुई वर्षमा हुनुपर्ने चुनाव पर्साको ठाकुर राम बहुमुखी क्याम्पसमा हुन सकेको छैन र अहिलेको माहोल हेर्दा यसपटक पनि केही विद्यार्थी संगठनको अवरोधका कारण चुनाव हुन्छ नै सहजरूपमा भन्न सकिदैन। चुनाव होला नहोला प्राविधिक पाटो हो तर स्ववियु निर्वाचन बिगत ११ साल देखी नहुदा ठाकुराम बहुमुखी क्याम्पसको जे दुर्गती भएको छ सबै लाइ जानकारी नै छ ।

बिगत को इतिहास हेर्दा हो भने क्याम्पसमा स्ववियु हुदा यत्रो समस्या थिएन तर अहिले क्यामपसको दुर्गति स्तिथी हेर्दा कारण के होला भनी प्रश्न गर्दा जानकारले बताउछन राजनिती ।

राष्ट्रिय बिधार्थी संघको ठाकुराम बहुमुखी क्यामपसका एकाई अध्यक्ष अमित यादवका अनुसार सबैभन्दा राजनीति हुने देशमा नेपाल अग्रस्थानमा पर्छ तर राजनीतिलाई सही प्रयोग गर्ने देशको सूचीमा भने नेपाल निकै पछाडि देखिन्छ। देश बिग्रेको राजनीतिले गर्दा हो भन्ने आममान्यता जस्तै बनेको छ, तर यो यथार्थ होइन ।

कुनै पनि देश राजनीतिले बिग्रँदैन बरु राजनीतिको गलत व्याख्या र प्रयोगले देश बिग्रन्छ । ठा.रा.ब क्याम्पस पर्सामा पनी त्यही राजनीतिको गलत व्याख्या र प्रयोगले गर्दा यस्तो स्तिथिमा पुगेगो छ ।

ठा. रा. ब क्याम्पसको अव्स्था निहाल्दा धेरै राजनीतिले बिग्रेको होइन बरु सही राजनीति नहुँदा बिग्रेको हो यादवले बताउछन ।

फाल्गुन १४ गते हुने चुनावमा स्ववियु बाट मुलधारमा गएको नेता निर्वाचनको माहोल बनाउनमा सहयोग गर्नुहोस् आग्रहका साथै सम्बन्धित निकायलाइ यादवले ध्यानआकर्षण गराएका छन ।

Like
Like Love Haha Wow Sad Angry

One thought on “स्ववियु निर्वाचन घोषणाले उत्साहित छौं : एकाई अध्यक्ष यादव

Leave a Reply

Your email address will not be published. Required fields are marked *