हिन्दू परिषद नेपालको अन्तर्क्रिया कार्यक्रम सम्पन

बीरगंज २७ चैत्र। हिन्दू परिषद नेपालको बीरगंज गीता मन्दिर स्थित कार्यालयमा आज भेटघाट एवं बिचारबीमार्श कार्यक्रम सम्पन भएको छ।परिषदका केन्द्रिय अध्यक्ष संतोष पटेलले सनातन हिन्दू राष्ट्र नेपाल पक्षधर संघ-संस्था संग चाड़ै नै गठबन्धन वा मोर्चा निर्माण हुने बातावरण तैयार भएको बताउदै नेपाल सरकार र सडयंत्र कारी समूह द्वारा २०७८ सालमा हुने जनगणनामा हिन्दू समाजको संख्या कम गर्ने चलखेल भई रहेको हुदा हामीले त्यसको भंडाफोर गर्ने बेला आएको बताएका थिए।

सो को लागी हामीले आफ्नो तर्फ बाट जनजागरण कार्यक्रम शहर देखी गाँउ सम्म गर्नु पर्छ।साथै संगठन बिस्तार र सामाजिक कार्यमा अझै हामीले सक्रियता बढाउनु पर्ने बेला आएको बताए। छलफल एवं भेटघाट कार्यक्रममा हिन्दू परिषद नेपालका केन्द्रिय महासचिव अधिवक्ता अनिरुद्ध सिंह,केन्द्रिय सदस्यहरु लालबाबू प्रसाद कुर्मी, सुरेश साह कानू,चित्तरंजन श्रीवास्तव, अजिता देवी पटेल,भरत सरार्फ,सचितनन्द दुबे,उमेश साह कानू, संतोष सरार्फ,साहेब ठाकुर,किरण अग्रवाल, केन्द्रिय सल्लहकारहरु अधिवक्ता बिनोद पटेल,ओमप्रकाश गुप्ता कलवार,हीरा साह कानू, सुनील गुप्ता,प्रभु सोनार,केन्द्रिय सचिवालय सदस्य रमेश रौनियार, पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल,उपाध्यक्ष राधेश्याम सरार्फ,सचिव सुधीर मिश्रा, जिल्ला सदस्य अमोद केवट,जिल्ला सल्लहकार जोगिन्द्र प्रसाद कलवार,बीरगंज नगर उपाध्यक्ष अजय गुप्ता,सह-सचिव रंजीत चौरसिया, कोषाध्यक्ष केदार अग्रवाल, पोखरिया नगर अध्यक्ष अखिलेश प्रसाद कुर्मी, बहुदर माई नगर अध्यक्ष मुना साह सहितको सहभागिता रहेको थियो।

Like
Like Love Haha Wow Sad Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *