२० बर्षपछि फरार प्रतिवादी पटेर्वा सुगाैलीका चाैधरी पक्राउ

मेघराज राय / जीराभवानी, २७ भदौ । लागु औषध मुद्दाका फरार प्रतिवादी एक जना २० बर्षपछि पक्राउ परेका छन् । लागु ओषध गांजा/चरेशका फरार प्रतिवादी पर्साकाे पटेर्वा सुगाैलीका गाउँपालिका वडा नं. ४ निवासी ४० बर्षिय शम्भु चाैधरीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

पर्सा जिल्ला अदालतको लगत नं.१४८१ मिति २०५७।१०।१८ गतेको फैसलाले ११ महिना १७ दिन कैद र रु.५,०००।- जरिवाना तोकिएको लागु औषध गाँजा/चरेश मुद्दाका फरार प्रतिवादी चौधरीलाई प्रहरीले पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार उनकै गाउँबाट लुकीछुपी बसीरहेकाे अवस्थामा नियन्त्रणमा लिएकाे हाे । पक्राउ परेका चाैधरीलाई जिल्ला अदालत पठाउने कार्य भईरहेकाे ईलाका प्रहरी कार्यलय पटेर्वासुगौली का प्रहरी निरीक्षक दीपक चोरवारले बताउनु भो ।

Like
Like Love Haha Wow Sad Angry

Pradeep Sah

Mission to Provide Fact News to the public. Fact News our Mision : Dainik Birgunj / Sub-Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *