बिद्युत कर्मचारीमाथि हातपात, छपिया गाउँमा ‘ब्लॉक आउट’

प्रिंस मिश्रा, कपिलबस्तु

नेपाल बिद्यतु प्राधिकरण तौलिहवा बितरण केन्द्रका कर्मचारीहरु माथी दुब्र्यवाहर र हातपात गरिएको छ । बिद्यतु कर्मचारीमाथी कुटपीट गरिए पछि कपिलस्तुको सुद्धोदन गाउपालिका– १ छपिया गाउमा बुधवार मध्यरातमा लाईन काटेर ब्यालक आउट गरिएको थियो । बिद्यतु प्राधिकरण तौलिहवाले पुरै गाउमा ब्ल्याक आउट गरेको यो पहिलो घटना भएको जनाएको छ । कर्मारीमाथी हातपात भएको ६ घन्टा पछि ब्ल्याक आउट गरिएको थियो ।प्राधिकरण कर्मचारीहरुले स्थानीय माहोम्मद युसुफ खा र याकुफ खाको घरमा छापा हानेको थियो ।


बुधवार मध्यरात देखि सो गाउमा ब्यालक आउट गरिएको नेपाल बिद्यतु प्राधिकरण तौलिहवा बितरण केन्द्र्रका प्रमुख जय कुमार यादवले बताए ।बिद्युत मिटरबाट बाईपास गरी बिद्युत चोरेको र हुकिङ समेत गरिएको फेला पारेको प्राधिकरण तौलिहवाका प्रमुख जय कुमार यादवले बताए । बिद्युतका सुपरवाईएजर राजेश कुमार पाण्डेय, हेल्पर हरि पनेरु, प्रवीण आचार्य हरिशचन्द्र मिश्रा र शिवलोचन यादवलाई कुटेका थिए । प्राधिकरणले युसुफ र याकुफ बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको छ । ‘ हामीले दुबै जना बिरुद्ध प्रहरीमा सार्वजनिक मुद्दा दर्ता गराएका छौ प्राधिरकरणका प्रमुख यादवले भने । बुधवार साझ ५ बजेतिर प्राधिकरणका कर्मचारी, सशस्त्र र नेपाल प्रहरी सहीतको चुहावट नियन्त्रणको टोली छपिया गाउ पुगेको थियो ।
उता घटनाको निन्दा गर्दै नेपाल विद्यतु प्राधिकरण कर्मचारी संघ र नेपाल विद्यतु प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनले छुट्टाछुट्टै विज्ञप्ति निकालेर घटनाको निन्दा गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन्।

Like
Like Love Haha Wow Sad Angry

Prince Mishra

Senior Reporter Lumbini Province) 9857056143

11 thoughts on “बिद्युत कर्मचारीमाथि हातपात, छपिया गाउँमा ‘ब्लॉक आउट’

Leave a Reply

Your email address will not be published. Required fields are marked *