निःशुल्क आँखा शिविर सम्पन्न

पोखरिया २६ पुष। लायन्स कल्ब अफ बिरगंज, मेलेनियम एफ जे एम ,केडिया आँखा अस्पताल, धोबिनी गाउँपालिकाको सहयोगमा र सामुदायिक तालिम केन्द्रको आयोजनामा आज एक दिने निशुल्क आँखा शिबिर पर्साको धोबीनी गाउँपालिका वडा नं ४ लंगडीमा सम्पन्न भएको छ । लंगडी स्वास्थ्य चौकीमा आयोजना भएको नि:शुल्क आँखा परिक्षण शिविरमा ३ सय ६ जनाले आँखा चेकजाँच गराएका छन् ।
जस मध्ये १ सय ६१ जनामा मोतियाबिंदु फेला परेको आयोजक संस्थाकाले जनाएको हो । शिबिरमा निःशुल्क औषधी समेत वितरण गरिएको र मोतियाबिंदु फेला परेकाहरु लाई निःशुल्क सल्यक्रिया समेत गरिने छ।


निःशुल्क अँखा शिबिर वार्ड नं ४ का बडा अध्यक्ष मजिद मियाँको अध्यक्षतामा समपन्न भएको थियो। निःशुल्क आँखा शिबिरमा केडिया आखा अस्पताल चिक्तिसक शिवशंकर प्रसाद, राजदेव साह, लालबाबु पटेल लगायतले आँखाका रोगीहरु चेकजाँच गरेका थिए। निशुल्क आँखा शिबिरमा लायन्स कल्ब अफ बिरगंजका अध्यक्ष सजन अग्रवाल,लायन्स देवकी नन्दन अग्रवाल , पशुपति विक्रम साह, उषा साह,डाक्टर नुरुल होदा, सुवास अग्रवाल , रामविहारी पान्डे, विनय वंशन, उमेश साह कानु ,पत्रकार लालबाबु बानिया, रितु कुमारी कर्ण,सहयोगी लालबाबु मंडल,राजेश अधिकारी,चनरमन राउत, वाड सदस्य मदन सहनी , अरुन कुमार बानिया, लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजिकरण संस्थाका अध्यक्ष अमोद केवटले गरेका थिए ।

Like
Like Love Haha Wow Sad Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *